मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी सुरु

दैनिक नेपाल २०७६ पुष २९ गते १६:१२

काठमाडौँ, २९ पुुस । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पुस २८ गतेदेखि माघ ४ गतेसम्म सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन भइरहेको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाण्डौँको आयोजनामा भृकुटी मण्डपको प्रर्दशनी स्थलमा मेला सुरु भएको हो ।

गत प्रर्दशनीहरुको अवलोकन कर्ताहरुको उत्साह र सहयोगलाई मुल्याकंन गर्दै यस वर्ष पनि सातौँ प्रर्दशनी भव्यताका साथ सम्पन्न गरिने आयोजकले जनाएको छ । नेपाल छाला जुत्ता उत्पादक संघमा आवद्ध विभिन्न उद्योगहरुले उत्पादन गरेका जुत्ताहरुमा शत प्रतिशत छालाको प्रयोग भएका छन् ।

नेपालको भौगोलिक स्थिती, नेपाली उपभोत्ताहरुको सरदर आय तथा आम उपभोक्ताहरुको रुचिलाई मध्यनजर गरि उत्पादन गरिएका हाम्रा उत्पादनहरु अत्यन्त आर्कषक र सुलभ मुल्यका रहेका छन् ।

जुत्ता उत्पादन क्षेत्रमा नेपाल आत्म निर्भर बन्दै गएको परिप्रेक्षमा नेपाल छाला जुत्ता उत्पादक संघमा आवद्ध उद्योगहरुमा नेपाली सिप र श्रमको प्रयोग भएकोले साँचो अर्थमा हाम्रो उत्पादनहरु विशुद्ध नेपाली हुन ।

मेलाको प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री मोतीलाल दुगडद्धारा पुस २८ गते औपचाकि उद्घाटन भएको हो । प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ ।

प्रर्दशनीको लक्ष्य

१) नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई वैज्ञानिक रुपले आधुनीकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत सुपरीचित गराउँदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने लक्ष्य रहेको छ ।
२) मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ ।
३) आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने लक्ष्य रहेको छ ।
४) पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरिने छ ।
५) गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री वितरण गरीने छ ।
६) अपाङ्गगता भएका व्यक्तिहरुका लागी विषेश किसीमका जुत्ता चप्पलहरु उपलब्ध हुनेछ ।
७) आफ्नो उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई प्रत्यक्ष जानकार िगराउने ।

प्रर्दशनीको लक्षित वर्ग

१) जुत्ताका सौखिन पारखीहरु
२) आम सचेत उपभोक्ताहरु
३) जुत्ताको कच्चा पदार्थका आपुर्ति कर्ताहरु तथा खरीद कर्ताहरु
४) यस सग सम्बन्धित सबै पक्षहरु

प्रर्दशनीका आकर्षण तथा सुविधाहरु

१) मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री वितरण गर्ने छन् ।
२) पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ ।
३) मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ ।
४) गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री वितरण गरीने छ ।
५)उपभोक्तहरुले खरीद गरेका सामानहरु फेर बदल गर्नु परेमा सम्बन्धीत कम्पनी वा कम्पनीहरुको स्वरुममा बिल सहीत सम्र्पक गर्न सक्नेछन् ।
६) आयोजित मेला स्टक क्लियरेन्स सेल मेला नभई बिशुद्ध गुणस्तरीय बस्तुहरुको प्रर्दशन भएकोले सहभागी उपभोत्ताहरुले आफुले तिरेको मुल्यको पुर्ण सन्तुष्टी पाउनेछन् ।
७) मेलामा न्युनतम् देखि उच्चतम् मुल्य तिर्न सक्ने सबै खाले उपभोक्ताहरुको लागि गुणस्तरीय तथा आरामदायी तथा आर्कषक छालाका जुत्ता तथा छाला जन्य वस्तुहरु उपलब्ध गराइने छ ।
८) नेपाल छाला जुत्ता उत्पादक संघमा आबद्ध उद्योगहरुको विशेष प्रर्दशनी कक्षको पनि ब्यबस्था गरीने छ ।

प्रतिक्रिया
सम्बन्धित