बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चन्द्रमा जाने ‘गर्लफ्रेन्ड’को खोजीमा जापानी अर्बपति

दैनिक नेपाल २०७६ पुष २९ गते ७:१८

टोक्यो, २९ पुस । जापानी अर्बपति युसाका मेजावा चन्द्रमामा जान महिला साथी खोजिरहेका छन् । ‘स्पेस एक्स’ कम्पनी मार्फत उनी चन्द्रमामा जान लागेका हुन् ।

५ दशकपछि चन्द्रमा जाने ४४ वर्षीय व्यवसायी पहिलो पर्यटक हुनेछन् । तर मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला साथीको खोजी गरेका हुन् ।

सार्वजनिक रुपमै उनले आवेदन दिन आग्रह गरेका छन् । यस अभियानलाई प्रवद्र्धन गर्न उनले आफ्नो वेबसाइट मार्फत जानकारी दिने गरेका छन् । जसले यो पुष्टि गर्छ कि उनी केवल साथी खोजिरहेका छैनन्, उनलाई सथ दिने सहयात्री खोजिरहेका छन् ।

मेजावाको अन्तरिक्षमा पुग्ने लामो समयदेखिको आयोजित सपना हो । उनी विशेष व्यक्तिसँग विशेष ठाउँमा जान चाहने भन्दै २०२३ मा उनलाई चन्द्रमा पठाइने भएको हो । मेजावाले सहयात्रीका लागि २० वर्ष भन्दा माथिका अविवाहित महिला हुनुपर्ने भन्दै मापदण्ड पनि तोकेका छन् ।

उनले ‘जीवनको पूर्ण आनन्द लिन चाहने र विश्व शान्ति चाहने महिलाले निवेदन दिन सक्ने’ भन्दै आह्वान गरेका छन् । मेजाव जापानको सबैभन्दा ठूलो अनलाइन रिटेलर जाजो टाउनका संस्थापक हुन् । फोब्र्सको सबैभन्दा पछिल्लो अनुमान अनुसार उनीसँग कूल २ बिलियन डलरको सम्त्ति छ । सन् २०१७ मा जीन माइकल बास्वाइटको चित्रकलाका लागि उनले ११.५ मिलियन डलर निकासा गरेका थिए । उनी एक उत्साही कला कलेक्टर पनि हुन् ।

मेजाव अहिले यही नँया प्रकारको प्रतिस्पर्धा गराउन व्यस्त छन् । अर्बपति मेजाव आफ्नो वेबसाइट मार्फत् महिलाको खोजी गरिरहेका हुन् । कम्पनी चलाएको दुई दशकपछि अब उनले आफ्नो जीवन कसैसँग बाँड्न चाहने बताइएको छ ।

‘जब एक्लोपन र शुन्यताका भावना बिस्तारै म माथि बढ्न थाल्छन्, त्यहाँ म एउटा कुरा मात्र सोच्छु, एक महिलालाई प्रेम गरिरहने,’ मेजावले भनेका छन् । उनको सहयात्री बन्न आवेदन दिने मिति जनवरी १७ सम्म तोकिएको छ । र छनोट जनवरीको अन्त्यसम्ममा सुरु हुनेछ । यसरी मार्चको अन्तिममा उनले निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित