बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अष्ट्रेलियाका आगलागी प्रभावित जनावरलाई हेलिकप्टरबाट ताजा फलफूल वितरण

दैनिक नेपाल २०७६ पुष २९ गते ७:१७

सिड्नी, २९ पुस । अष्ट्रेलियामा आगलागीबाटको क्रममा भोकै भएका पशुपंक्षिका लागि हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको छ । न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल वितरण गरेको थियो ।

जहाँ गत साता आगलागीका कारण करोडौं पशुपंक्षिको मृत्यु भएको थियो । आगलागी प्रभावित जनावरहरुका लागि न्यु साउथ वेल्स राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षण केन्द्रले खाद्यान्न तथा फलफूल वितरण गरेको हो ।

यहाँका जनावरका लागि २ हजार २ सय केजी ताजा तरकारी वितरण गरिएको थियो । सरकारले सफलतापूर्वक रुपमा तरकारी र फलफूल वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित