शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकद्धारा पीडित चमेली तामाङलाई राहत सहयोग

दैनिक नेपाल २०७६ पुष २८ गते २१:१८

काठमाडौँ, २८ पुस । मुक्तिनाथ विकास बैंक लिले कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ वर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।

चमेलीको श्रीमान सुस्त मनस्थितिका छन् र साथमा २ वर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने, ओछ्याउने तथा खाद्यान्न नभई पुसको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको हो ।

उक्त सहयोगमा सामाग्रीहरु बैंकको कटारी शाखाका प्रमुख विपिन किशोर श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

प्रतिक्रिया
सम्बन्धित