बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कामना सेवा र ओम्नी मोटर्सबीच व्यापार सम्झौता

दैनिक नेपाल २०७६ पुष २८ गते २१:०२

काठमाडौँ, २८ पुस । कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रालिबीच व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अनुसार ओम्नी मोटर्स प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा भरतबेन्ज ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्स प्रालिको तर्फबाट निर्देशक उदयन काब्राले हस्ताक्षर गरेका थिए ।

काठमाडौँ, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित