शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रहरी हौँ भन्दै नगद असुल्ने २ जना पक्राउ

दैनिक नेपाल २०७६ पुष २८ गते २०:०३


झापा, २८ पुस । बाह्रदर्शी गाउँपालिका ३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी हौँ भनी नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका १ बस्ने २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका ३ बस्ने २० वर्षीय जिवन दास रहेका छन् ।

उनीहरुले प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी हौँ भन्दै ७ हजार रुपैयाँ हजार नगद असुली गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित