शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रधानसेनापति थापाद्धारा बंगलादेशका राष्ट्रपतिसँग शिष्टाचार भेट

दैनिक नेपाल २०७६ पुष २८ गते १८:४१

काठमाडौँ, २८ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

त्यसपछि उनले नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत सहभागी भएका थिए । बंगलादेशका सेना प्रमुखको निमन्त्रणामा प्रधानसेनापति थापा पुस २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले शिखा अनिरबनस्थित वीर सैनिक स्मारकमा माल्यार्पण गर्नुका साथै उनको स्वागतमा सेनकुञ्जमा सम्मान गारतको आयोजना गरिएको थियो ।

यसैगरी उनले बंगलादेशको सशस्त्र बल विभागमा भ्रमण गर्नुका साथै विभिन्न सैनिक उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट गरेका थिए । ४ दिनको औपचारिक भ्रमण समाप्त गरि थापा माघ १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित