१ कार्तिक २०८३, आइतबार

इरानकी महिला ओलम्पिक पदक विजेताद्वारा देश छोड्ने निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २८ पुस ।    इरानको लागि ओलम्पिक पदक जितेकी एकमात्र महिला तेक्वान्दो खेलाडी किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन्। सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिँदै २१ वर्षीया अलिजादेहले आफू इरानको दोहोरो चरित्र, झुठ, अन्याय तथा चाप्लुसीको अंग बन्न नचाहेकाले देश छाड्ने निर्णयमा पुगेको बताएकी छन् ।

इन्स्टाग्राम पोस्टमा उनले इरानमा सताइएका लाखौं इरानी महिलामध्ये आफू एक भएको उल्लेख गर्दै इरानी अधिकारीहरू आफ्नो सफलतालाई प्रोपागान्डाुका लागि प्रयोग गरेको आरोप लगाएकी छन्।

अलिजादेहले रियो दि जेनेरियोमा सन् २०१६ मा भएको ओलम्पिक्समा तेक्वान्दोतर्फ काँस्य पदक जितेर इरानमा इतिहास बनाएकी थिइन्।

बुधबार इरानी सेनाले युक्रेनी जहाजलाई मिसाइल आक्रमण गरी खसालेको सार्वजनिक भएसँगै त्यहाँ इरानमा सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको बेला किमियाको यस्तो फैसला बाहिर आएको हो।

इरानले विमानलाई मिसाइल आक्रमण गरेर खसालेको कुरा दुई दिनसम्म अस्विकार गरेर पछि माफी मागेको थियो । पछिल्लो समय अमेरिका र इरानबीचको द्वन्द्व निकै बढेको छ ।