बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘म माथि राष्ट्रपतिको हात छ भन्नेले पुष्टि गरुन्, संविधान विपरित राजीनामा दिन्न’: उपसभामुख

दैनिक नेपाल २०७६ पुष २८ गते ११:३३

काठमाडाैं, २८ पुस ।  उपसभामुख शिवमाया तम्बाहाम्फेले आफू संविधानको नियमअनुसार अगाडि बढेकाले कोहिसंग डराएर, कसैको आग्रहमा राजीनामा नदिने बताउनुभएको छ ।

एक अन्र्तवातामा कुरा गर्दै तुम्बाहाम्फेले आफूले संविधानले् उल्लेख गरेको व्यवस्था अनुसार अडान लिएर अगाडि बढेकाले संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने बताउनुभयो । सत्तारुढ दलले सभामुखको उम्मेदवार तयार नगरेसम्म आफूले संविधान अनुरुप प्रतिनिधिसभालाई नेतृत्वविहिन बनाएर राजीनामा दिन नसक्ने उपसभामुखको भनाइ रहेको छ ।

आइतबार प्रधानमन्त्री र अध्यक्षसंग आफूपनि सभामुखको उम्मेदवारको आकांक्षी भएको छलफलमा आफू पहिला उम्मेदवारको टुङगो लगाउन आग्रह गरेको उल्लेख गर्नुभयो ।

तपाईको पछाडि राष्ट्रपतिको हात छ भन्ने छ नी भन्ने प्रश्नमा तुम्बाहाम्फे भन्नुभयो, ‘आफ्नो पछाडि कोहि राष्ट्रपति, प्रधानमन्त्री कसैको पनि हात छैन जसले यो हल्ला चलाउनु भयो उहाँले यो पुष्टि गर्नुहोस् । मेरो पछाडि संविधानको हात छ, मलाई उर्जा दिने संविधान हो । यदि मेरो पछाडि कसैको हात भएको पुष्टि भयो भने देशमा अर्को अनौठो अप्ठेरो देखापर्छ’ ।

आफूले उपसभामुख पदबाट राजीनामा दिनेैपर्ने भए के कारणले भन्ने कारणसहित देखाउन पनि नेतृत्वलाई उपसभामुखले चुनौती दिइन् ।

प्रतिक्रिया
सम्बन्धित