शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

फिलिपिन्समा ज्वालामुखी बिस्फोट

दैनिक नेपाल २०७६ पुष २८ गते ९:०३

लण्डन, २८ पुस । फिलिपिन्समा ज्वालामुखी बिस्फोट भएको छ । राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको ताल ज्वालामुखीबाट लाभा निस्कन थालेको हो ।

सोमबार बिहानैदेखि लाभा निस्कन थालेको स्थानीय अधिकारीले बताएका छन् । सरकारी अधिकारीलेहरुले अहिले सुस्त रहेको ज्वालामुखी केही घण्टा या दिनभित्र भीषण बिस्फोट हुने चेतावनी दिएका छन् ।

लाभा निस्कनुअघि सो ज्वालामुखीबाट ठूलो मात्रामा खरानी माथि उडेको थियो । अधिकारीहरुले ज्वालामुखी नजिक बसोबास गर्ने ८ हजार मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन् ।

ताल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो । यो विश्वका साना ज्वालामुखी मध्येमा पर्छ र पछिल्लो ४५० वर्षमा कम्तिमा ३४ पटक बिस्फोट भएको छ ।

प्रतिक्रिया
सम्बन्धित