शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मेरुदण्डीय पक्षघात समुहलाई ग्लोबल आइएमई बैंकको ३ लाख सहयोग

दैनिक नेपाल २०७६ पुष २७ गते २०:०४

काठमाडौँ, २७ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई ३ लाख रुपैंया सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित