बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

‘किड्डी फेस अफ दि इयर’का प्रतियोगीले देखाए ट्यालेन्ट

दैनिक नेपाल २०७६ पुष २७ गते १९:५३

काठमाडौँ, २७ पुस । ‘किड्डी फेस अफ दि इयर २०२०’का ३२ प्रतियोगी बालबालिकाले आफू भित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगिताको शनिबार पुरानो बानेस्वर स्थित म्याकडोनला क्याफेमा आयोजित ‘ट्यालेन्ट शो’ अन्तर्गत उनीहरुले नृत्य, गायन, अभिनय, बत्तित्वकला, चित्रकला, योगा लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाएका हुन् ।

प्रतियोगिताको यो पाँचौँ संस्करण हो । यो संस्करणमा ७ बालक र २५ बालिका फाइनल स्पर्धामा भिड्दैछन् । उपत्यकाका विभिन्न १६ स्कुलका करिब १०० बढी प्रतियोगी सहभागी प्रारम्भिक अडिसनबाट ३२ बालबालिका छानिएका हुन् ।

प्रतियोगितामा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्टयाएको आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले जानकारी दिए ।

ट्यालेन्ट उपाधिका लागि आयोजित ‘ट्यालेन्ट शो’मा निलिमा मास्के श्रेष्ठ (गीतकार) गुण केसरी ताम्राकार अन्तराष्ट्रिय मेकअप आर्टिस, श्याम खड्का (रंगमञ्च कलाकार), मन्दिरा बज्राचार्य (नृत्य निर्देशक)लगायत निर्णायक रहेका थिए ।

प्रतियोगिताको अनितम स्पर्धा आगामी माघ ४ गते राष्ट्रिय नाँचघर जमलमा आयोजना हुँदैछ । स्पर्धामा बालबालिका बिभिन्न आकर्षक पहिरन सहित र्याम्प प्रस्तसत हुनेछन् । जसको पहिरन डिजाइन श्रीषा बैदार फैजुले तयार पार्नेछिन् ।

व्यक्तित्व विकास, डान्स, सन्चारकला, बिभिन्न टपिसमा गू्रमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढी विषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित प्रतियोगिता अन्तिम स्पर्धामा उत्रिनेछन् ।

प्रतियोगितामा शिर्ष उपाधिका अलवा बिभिन्न दर्जन उपशिर्षकमा समेत बिजेता छानिनेछ । बिजेताले उपाधिका साधमा विभिन्न अवसर र गिफ्ट उपहारको रुपमा प्राप्त गर्नेछन् ।

बालबालिकाको व्यक्तित्व विकास, क्षेमता अभिवृद्धि गर्दै उज्वल भविष्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो ।

प्रतिक्रिया
सम्बन्धित