बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

ज्यानमुद्धाका फरार आरोपीमाथि गोली हानी पक्राउ

दैनिक नेपाल २०७६ पुष २७ गते १९:०६


काठमाडौँ, २७ पुस । प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । ज्यान मुद्दाका फरार विष्णु लामालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको बौद्धस्थित जम्बुडाँडामा आइतबार साँझ प्रहरीले गोली चलाउँदा लामाको दाहिने खुट्टामा गोली लागेको छ ।

लामामाथि सिन्धुपाल्चोकमा १७ महिने बच्चाको हत्याको पनि आरोप रहेका प्रहरीले जनाएको छ । त्यस्तै, हाल उनमाथि एक विद्यार्थीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका लामा भाग्न खोजेपछि गोली चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित