बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

ईक्यान अध्यक्षमा दोस्रो पटक प्रकाश पाण्डे

दैनिक नेपाल २०७६ पुष २७ गते १८:५८


काठमाडौँ, २७ पुस । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन् । पाण्डेसहित संघको कार्य समितिमा सबै जना निर्विरोध निवाचित भएका हुन् ।

आईतबार बिहान सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने सहमतिसँगै पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । संघको प्रथम, द्धितीय र तृतीय उपाध्यक्षमा क्रमश देवीदास भट्टराई, शेषराज भट्टराई र कृष्ण केसी चयन भएका छन् ।

महासचिवमा दीपक भुसाल निर्वाचित भएका छन् । दुई सचिवमा वासुदेव दाहाल र बालकृष्ण श्रेष्ठ चुनिएका छन् । त्यस्तै, कोषाध्यक्ष र सह कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र कर्णबहादुर गुरुङ निर्वाचित भएको संघले जनाएको छ ।

त्यस्तै, संघका सदस्यहरुमा सुष्मा आचार्य, भवनाथ हुमागाई, रत्न भट्टराई, शुवास गौतम, बिकल्प पोखरेल, आर्यन उप्रेती, नवराज भट्टराई, आशिक कार्की, पुष्पराज भट्टराई र शिव त्रिपाठी चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित