शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सातौँ वृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी

दैनिक नेपाल २०७६ पुष २७ गते १७:४३


काठमाडौँ, २७ पुस । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पुस २८ गतेदेखि माघ ४ गतेसम्म सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी हुने भएको छ ।

नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाण्डौँको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा मेला सञ्चालन हुने भएको छ ।

उक्त मेलाको समुद्घाटन उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्रीको प्रमुख आतिथ्यमा हुनेछ । समुउद्घाटन समारोहमा विभिन्न संघ संस्थाका मान्यजनहरुको पनि उपस्थिति रहनेछ । प्रदर्शनीमा प्रवेश निशुल्क रहनेछ ।

प्रर्दशनीको लक्ष्य

  • नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत सुपरीचित गराउँदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने लक्ष्य रहेको छ ।
  • मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ ।
  • आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने लक्ष्य रहेको छ ।
  • पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ ।
  • गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ ।
  • अपाङ्गगता भएका व्यक्तिहरुका लागी विषेश किसीमका जुत्ता चप्पलहरु उपलब्ध हुनेछ ।
  • आफ्नो उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई प्रत्यक्ष जानकारी गराउने ।
  • प्रर्दशनीको लक्षित वर्ग 
  • जुत्ताका सौखिन पारखीहरु
  • आम सचेत उपभोक्ताहरु
  • जुत्ताको कच्चा पदार्थका आपुर्ति कर्ताहरु तथा खरीद कर्ताहरु
  • यससँग सम्बन्धीत सबै पक्षहरु
    प्रर्दशनीका आकर्षण तथा सुविधाहरु
  • मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गर्ने छन् ।
  • पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ ।
  • मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ ।
  • गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ ।
  • उपभोक्तहरुले खरीद गरेका सामानहरु फेर बदल गर्नु परेमा सम्बन्धीत कम्पनी वा कम्पनीहरुको स्वरुममा बिल सहीत सम्र्पक गर्न सक्नुहुनेछ ।
  • आयोजित मेला स्टक क्लियरेन्स सेल मेला नभई बिशुद्ध गुणस्तरीय बस्तुहरुको प्रर्दशन भएकोले सहभागी उपभोत्ताहरुले आफुले तिरेको मुल्यको पुर्ण सन्तुष्टी पाउनुहुनेछ ।
  • मेलामा न्युनतम् देखि उच्चतम् मुल्य तिर्न सक्ने सबै खाले उपभोक्ताहरुको लागि गुणस्तरीय तथा आरामदायी तथा आर्कषक छालाका जुत्ता तथा छाला जन्य वस्तुहरु उपलब्ध गराइने छ ।
  • नेपाल छाला जुत्ता उत्पादक संघमा आबद्ध उद्योगहरुको विशेष प्रर्दशनी कक्षको पनि व्यवस्था गरिने छ ।
प्रतिक्रिया
सम्बन्धित