शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

माछापुच्छ्रे बैंकको किसान कार्ड सञ्चालनमा

दैनिक नेपाल २०७६ पुष २७ गते १५:५६


काठमाडौँ, २७ पुस । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसंगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्र्तगत किसानहरुले रु.४ लाख सम्मको कृषि कर्जा किसान कार्ड मार्फत प्राप्त गर्नेछन् ।

पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसंग आवद्ध बाँके जिल्लाको खजुरा गाउँपालिकामा अवस्थित श्री साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको छ ।

सो कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रकिृया बैंकले के्रडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्ड मार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्नो कार्डमा उपलब्ध सिमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।

बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोेग गरि आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु लगायत १३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बंैकको देशभर १७२ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित