शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रदेश ३ को नाम र राजधानी तोक्न आज मतदान हुँदै

दैनिक नेपाल २०७६ पुष २७ गते ९:५४

काठमाडौं, २७ पुस ।  प्रदेश नम्बर ३ को नाम र राजधानी तोक्न आज मतदान हुँदैछ । प्रदेश नम्बरको ३ को नाम र राजधानीको विषयमा लामो बहस र छलफल पश्चात नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्ने सहमति जुटेको हो ।

यसअघि नेकपाभित्र नै नाम र राजधानीको विषयमा विवाद रहेको थियो । शनिबार भएको प्रस्ताव दर्तामा दुईवटा प्रस्ताव दर्ता भएका थिए । प्रदेशको नाममा सबै दलको सहमति जुटेपनि राजधानीका विषयमा भने विवेकशील पार्टीले राजधानी हेटौँडाको प्रस्ताव गरेको छ ।

आज हुने मतदानले नाम र राजधानीको विषयलाई औपचारिक रुपमा टुङग्याउने छ । प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेश ३ ले नाम र स्थायी राजधानी पाउने भएको छ । सभामुखभन्दा बाहेक एक सय ५ जना सांसद्ले स्थायी राजधानी हेटौँडाको पक्षमा मतदान गर्ने पक्का भएको छ । प्रदेशको नाम वाग्मतीमा स्वतन्त्र सांसद प्रेम तामाङ बाहेक सबै दलका सांसद एकमत भएका छन् ।

नेकपा र काङ्ग्रेसका सांसदले ’फ्लोर क्रस’ नगरेमा दुई तिहाइभन्दा पनि बढी मतले हेटौँडा र राजधानी पारित हुने अवस्था छ । दुवै दलमा हेटौँडा र वाग्मती हुँदैन भन्दै असन्तुष्टि जनाए पनि प्रस्ताव दर्ता र पेस गर्दा सबैले समर्थन गरेका छन् । त्यसैले पनि ’फ्लोर क्रस’ हुने सम्भावना न्यून रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित