शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सेक्स टेप लिक भएपछि स्पेनिस फुटबल क्लबका प्रशिक्षक एमो बर्खास्त

दैनिक नेपाल २०७६ पुष २७ गते ९:२१

लण्डन, २७ पुस । स्पेनिस फुटबल क्लब मालागाले प्रशिक्षक भिक्टर सान्चेज डेल एमोलाई बर्खास्त गरेको छ।

चार दिनअघि मालागाले उनलाई निलम्बित गरेको थियो । प्रशिक्षक सान्चेजको सेक्स टेप अनलाइन मार्फत बाहिरिएपछि क्लबले उनलाई घटनाको पूर्ण अनुसन्धान नभएसम्मका लागि भन्दै निलम्बित गरेको चार दिनपछि बर्खास्त गरेको हो ।

४३ वर्षका सान्चेजको सेक्स टेप मंगलबार अनलाइनमा सार्वजनिक भएको थियो र सोही दिन बेलुका मालागाले वक्तव्य जारी गरेर निलम्बित गरिएको जनाएको थियो ।

मालागाले शनिबार अनुशान उल्लंघन गरेकाले सान्चेजलाई बर्खास्त गरिएको जनाएको छ । नयाँ प्रशिक्षक नियुक्त नभएसम्म मालागा बी का सर्जिओ पेलिसेरले प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्ने छन् ।

४३ वर्षका सान्चेजले आफूलाई ब्ल्याकमेल गरिएको र सामाजिक सञ्जालमा सो भिडियो सार्वजनिक गर्ने भन्दै धम्की आउने गरेको उल्लेख गरेका छन् ।

कुनै पनि व्यक्तिको निजी जीवन कुराहरु स्वीकृति बिना सार्वजनिक गर्नु अपराध रहेको र आफू दुव्र्यवहार र एक्टोर्सनको शिकार भएको उनले उल्लेख गरेका छन् । मालागा अहिले स्पेनिस दोस्रो लेगमा खेलिरहेको छ ।

स्पेनिस प्रहरीले शुक्रबार ४१ वर्षका व्यक्तिलाई पक्राउ गरेको छ । उनले नै सान्चेजको भिडियो सार्वजनिक गरेको अभियोग छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित