बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

लाेकप्रिय हुँदै तान्त्रिक याैन सम्पर्क

दैनिक नेपाल २०७६ पुष २७ गते ६:५५

काठमाडौं । शारीरिक सम्बन्धका विभिन्न तरिकाका बारे धेरै थरि बहस हुन्छ । यी बहसहरूमध्ये पछिल्लो पछिल्लो समय चर्चा सुरु भएको छ तान्त्रिक यौन सम्पर्कको ।

केही अनुसन्धानले तान्त्रिक यौन सम्बन्धमा सहभागी जोडीले भरपुर सन्तुष्टि पाउने उल्लेख छ । पछिल्लो अध्ययन अनुसार युवाहरु तान्त्रिक यौन सम्बन्धमा आकर्षित हुन थालेका छन् ।

तान्त्रिक यौन सम्बन्धमा यौन सम्पर्क कायम गर्ने वातावरण शान्त, खुला र एकान्त हुनुपर्छ । अध्यारो कोठामा मैन बत्ती बालेर धिमा प्रकाशमा सजिलो र फराकिलो बेडको व्यवस्थामा गरेर गरिने यौन सम्बन्धलाई तान्त्रिक यौन सम्बन्ध भन्छन् ।

यसका लागि आरामदायी सिरानीको बीचमा दुवैजना बस्छन् । एकअर्काका आँखामा आँखा जुधाँएर हेर्छन् । एकअर्काप्रति इमान्दार र समर्पित भएको अनुभूति भएपछि दुवैले एकअर्कासँग साच्चिकै नजिक भएको महसुस गर्छन् ।

शरीर नछोइकन सामिप्यता महसुस भएपछि मात्र अन्य क्रियाकलाप क्रमश सक्रिय हुन थाल्छन् । दुवैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधिबाट गरिने यौन क्रियालाई तान्त्रिक यौन सम्बन्ध भनिन्छ ।

नेपाल, भारतलगायत दक्षिण एसियाका विभिन्न देशमा यो यौन सम्बन्धको तरिका बढ्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित