शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

उपसभामुखलाई राजीनामा गराउने नेकपाको निर्णय

दैनिक नेपाल २०७६ पुष २६ गते १८:१८

काठमाडौँ, २६ पुस । सत्तारूढ नेकपाको सचिवालय बैठकले अन्तत उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सभामुखमा नेकपाबाट उम्मेदवारी दिनका लागि उपसभामुख तुम्बाहाङफेको राजीनामा मागिएको उनले श्रेष्ठले बताए । उनकाअनुसार सभामुख कसलाई बनाउने भन्नेबारे तय भएको छैन ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तुम्बाहाम्फेले आफू सभामुखका लागि योग्य भएको बताएकी थिइन् ।  अबको उम्मेदवार हुने प्रश्नमा प्रवक्ता श्रेष्ठले उपसभामुखको राजीनामा आइसकेपछि निर्णय गरिने बताए ।

ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित