शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेपाली मूलका तिवारी भर्जिनिया एसियन सल्लाहकार समितिमा मनोनीत

दैनिक नेपाल २०७६ पुष २६ गते १०:१३

विजय थापा

डिसी । अमेरिकाको भर्जिनिया राज्यका गभर्नर राल्फ नोर्थमले प्रिन्स विलियम काउन्टीमा बस्दै आएका नेपाली मूलका जीवन तिवारीलाई भर्जिनिया एसियन सल्लाहकार समितिमा मनोनीत गरेका छन् ।

उनलाई गभर्नरले प्रिन्स विलियमको नेपाली-अमेरिकन समुदायको नेतृत्वबाट भर्जिनिया एसियन सल्लाहकार समितिमा मनोनित गरेका हुन् । तिवारी नेपाली अमेरिकी फोरम फर पोलिटिकल एम्पावरमेन्ट (एनएएफपीई) का अध्यक्ष, घर खरिद बिक्रीका अभिकर्ता, प्राइम इस्टेट इंकका संचालक तथा सीईओ पनि हुन् ।

गभर्नर र एसियाली अमेरिकी समुदायबीच आर्थिक, व्यावसायिक, सांस्कृतिक, शैक्षिक र सरकारी सम्बन्धमा गभर्नरलाई सल्लाह दिने गरी उनलाई नियुक्त गरिएको हो ।

भर्जिनिया एसिएन अमेरिकन बोर्डले गभर्नर राल्फ नोर्थमसंग खुशी साथ कार्य गर्दछ र एशियाई अमेरिकी र प्रशान्त टापु(एएआइपी )को चासोको विषयहरुमा उनलाई सल्लाह दिन्छ ताकि उनको प्रशासनले भर्जिनियाको (एएपिआई )क्षेत्रको सेवा गर्न सकोस ।

भीएएबीको मुख्य उद्देश्य गभर्नरलाई राष्ट्रमंडल र एशियाली राष्ट्रहरूबीचको आर्थिक र सांस्कृतिक सम्बन्ध सुधार गर्ने तरिकाहरूबारे सल्लाह दिनु हो ।

प्रतिक्रिया
सम्बन्धित