बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा भारतमा २० जनाको मृत्यु

दैनिक नेपाल २०७६ पुष २६ गते ९:१६

काठमाडौं, २६ पुस ।  भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गएको छ ।

२१ जना घाइते भएका छन् र उनिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस कन्नौजको गुरसहाय गञ्जबाट जयपुरका लागि छुटेको थियो ।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएकाहरुको उपचार सरकारले गर्ने बताएका छन् ।

सरकारले घाइतेको उपचारका लागि ५०/५० हजार र मृतकका परिवारलाई २/२ लाख रुपैयाँ राहतस्वरुप दिने उहाँले घोषणा गरे । साथै मुख्यमन्त्री आदित्यनाथले घटनाको अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिएका छन् । ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित