१ कार्तिक २०८३, आइतबार

इराकबाट ३० नेपाली स्वदेश फर्किए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस ।  इराकमा कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको छ । इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको हो।

ग्रिज जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो।

अमेरिकी दूतावास र सैन्य क्याम्प (बग्दाद एम्बेसी कम्पाउन्ड) मा कामदार आपूर्ति गर्ने कम्पनीहरूले विदेशी कामदारलाई स्वदेश फकाइरहेका छन् ।

‘सुरक्षा खतरा बढेपछि कम्पनीले हामीलाई घर फर्किन इच्छुक हो वा होइन सोधेको थियो, मैले तुरुन्तै नाम दिएँ’ काठमाडौं आइपुगेका सर्लाहीका तिलक परियारले भने, ‘संयोगले फिर्ता हुने सूचीमा परें ।’

परिस्थिति अनुकूल भएपछि फिर्ता बोलाउने भनिएको उनले बताए । ६ वर्षदेखि अमेरिकी दूतावास परिसरभित्र प्लम्बरको काम गरिरहेका उनका अनुसार अमेरिकी दूतावास इरानबाट मात्रै नभई इराककै विद्रोही समूहको पनि निशानामा छ ।

‘कतिखेर के हुन्छ, टुंगो नहुने। दूतावासले सुरक्षाका सबै उपाय अपनाएको हुँदा भित्रै पड्किने त होइन, तैपनि कम्पनीले जोखिम लिन चाहेन ।’इरान–अमेरिकाबीच तत्काल युद्ध नहुने परिस्थिति बन्दै गएपछि इराकमा रहेको अन्तर्राष्ट्रिय कम्पनीले आफ्ना कामदार स्वदेश पठाउने कार्यलाई स्थगन गरेको छ ।

अमेरिकाबाट मारिएका इराकी पूर्वराष्ट्रपति सद्दाम हुसेनको गृहक्षेत्र सलादिन प्रान्तमा रहेको वलदा अमेरिकी सैन्य क्याम्पमा कार्यरत ३० नेपालीलाई अर्बिलमा ल्याएर राखिएको थियो । ‘इरानले आक्रमण गर्ने सूचना पाएपछि अमेरिकी सेनालाई सुरक्षित मानिएको अलअसाद एयरबेस र अर्बिल एयरबेसमा सारिएको थियो । हामीलाई पनि बुधबारै अर्बिलकै होटलमा ल्याएर राखिएको हो,’ एक नेपालीले भने । कान्तिपुर दैनिकबाट