शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रक्षामन्त्री पोखरेल चढेको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण

दैनिक नेपाल २०७६ पुष २५ गते २२:५१


पाल्पा, २५ पुस । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चढ्नुभएको सैनिक हेलिकप्टर आज पाल्पामा आकस्मिक अवतरण भएको छ । रुपन्देहीको बुटबलमा अवतरण हुनुपर्ने सो हेलिकप्टर मौसमको खराबीका कारण पाल्पामा अवतरण भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले बताउनुभयो ।

शनिबार रुपन्देही जिल्लास्थित नेपाली सेनाको मध्यपश्चिम पृतनाको कार्यक्रममा सहभागी हुन रक्षामन्त्री पोखरेल बुटबल प्रस्थान गर्नुभएको हो । हेलिकप्टर पाल्पा तानसेनमा अवतरण भएपछि मन्त्री पोखरेल गाडीमा बुटबलतर्फ जानुभएको छ ।
रासस

प्रतिक्रिया
सम्बन्धित