शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पञ्चकन्याले ल्यायो नयाँ ग्रेडको आगोले नजल्ने पाइप

दैनिक नेपाल २०७६ पुष २५ गते १९:२६

काठमाडौँ, २५ पुस । विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या गु्रपले क्लोरिनेटेड पोलिभिनाइल क्लोराइड (सीपीभीसी) को नयाँ दुई ग्रेडको फ्ेलम प्रो पाईप तथा फिटिङ्गस् (सीपीभीसी फायर स्प्रींक्लर सिरीज) र ट्रान्सप्यारेन्ट फिटीङ्गस् देशमा भित्र्याउन सफल भएको छ ।

उक्त ग्रेडका पाईपहरुको आधिकारिक अनावरण एक पत्रकार सम्मेलन मार्फत यही पुस २५ गते होटल ¥याडिसनमा गरियो ।

साथै फ्लेम प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन् । यो उत्पादनलाई ँष्चभ क्उचष्लपभिच को लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी ट्रान्सप्यारेन्ट फिटीङ्गस् तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नयाँ विकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सेकीसुइ कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आइएसओ ९००१स्२००१५ स्ट्याण्र्डडबाट बनाईने हुँदा कम्तिमा ५० वर्षसम्म टिकाउ हुन्छ ।

पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्गस्मा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो आइएसआइ चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ ।

पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिवद्धता तथा “सदैव विश्वासिलो” र “सधँै एक कदम अगाडी” भन्ने आफ्नो मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रण कम्पनीले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित