१ कार्तिक २०८३, शनिबार

‘अन्तरधार्मिक समन्वयबाट मात्रै विश्वमा शान्ति हुन्छ’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ पुस । युनिर्भसल पीस फेडेरेसन नेपालको निमन्त्रणमा अन्तर्राष्ट्रिय बुद्ध शिक्षा केन्द्र म्यानमारका प्रमुख राष्ट्रिय भिक्षु डा. सोमिताको नेतृतवमा २१ सदस्सीय टोली नेपाल आईपुगेको छ ।

शुक्रबार युनिर्भसल पीस फडेरेसनले नक्सालमा एक कार्यक्रम गरी उनीहरुलाई स्वागत गरेको छ । कार्यक्रम पछि बोल्दै राष्ट्रिय भिक्षु डा. सोमिताले नेपाल र म्यानमारको सम्बन्धलाई जनस्तरबाटै राम्रो बनाउँदै विश्व शान्ति स्थापनाको लागि सगै अगाडि बढ्नुपर्नेमा बताए ।

दूई देशको सम्बन्भ महत्वपूर्ण रहेको बताउदै डा. सोमिता गौतम बुद्धको जन्मस्थल लुम्बनीको भ्रमण गर्ने र नेपाल शान्ति भूमि रहेको म्यानमार भर प्रचार गर्ने बताए ।

सो अवसरमा संबिधान सभा सदस्य मिलन कुमारी राजबंशी, शान्ति र विकासका लागि अन्तरधार्मिक संघ नेपालका अध्यक्ष एवम् त्रिविको बुद्धिष्ट अध्यापन केन्द्रका पूर्व अध्यक्ष प्रा.डा. मिलन रत्न शाक्य, तङ ईल मोदो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल, विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा शाक्य फाउन्डेसनका कोषाध्यक्ष राजकाजी शाक्य लगायतले अन्तरधार्मिक समन्वयबाट मात्र विश्वमा शान्ति कायम गर्न सकिने बताए ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफ्नो संस्थाले उनीहरुलाई निमन्त्रण गरेकोे महासचिव बिनोद डाँगीले जानकारी दिए ।