
काठमाडौँ, २५ पुस । प्रहरीलाई स्टप बोर्ड प्रदान गरिएको छ । शहरी विकास मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा काठमाण्डौँ उपत्यकाको विभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्राक्रसिङ, आकाशे पुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सुसुचित गराउन बोर्डहरु प्रदान गरिएको हो ।
उक्त प्रयोजनका लागि १२० थान स्टप बोर्ड शहरी विकास मन्त्रालयका माननीय राज्य मन्त्री रामबिर मानन्धरले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई एक समारोहकाबीच हस्तान्तरण गरेका हुन् ।
राज्य मन्त्री रामबिर मानन्धरका अनुसार कुनै पनि पैदल यात्रुहरुले सवारी दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउन नपरोस तथा सुरक्षित रुपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न सजिलो होस भनेर यो बोर्ड हस्तान्तरण गरिएको हो ।
महाशाखाका प्रमुख ढकालले “उक्त बोर्डहरु काठमाण्डौं उपत्यकाको सम्पूर्ण जेब्राक्रसिङ, आकाशेपुल तथा पैदल यात्रुहरुले बाटो काट्ने स्थानमा बोर्ड देखाएर बाटो काट्न लगाउने र पैदल यात्रुहरुले पनि यसलाई प्रभाबकारी र परिणाममूखी बनाउँदै सुरक्षित यात्रामा सहयोग गर्न समेत अनुरोध गर्दुछ ।”
उक्त बोर्डहरु सेफर नेपाल ट्राभल्स एन्ड टुर्स प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै तयार पारेको हो ।















प्रतिक्रिया