१ कार्तिक २०८३, शनिबार

आक्रमणमा १८ जना शान्ति सेना घाइते

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् । मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका छन् ।

‘संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज विहान आक्रमण भएको खबर आएको छ, किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो,’ प्रवक्ता स्टेफन डुजार्रिकले भने ।

सो मिसनमा माली र अन्तर्रा्ष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उनले जानकारी दिए ।  उनले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउने क्रममा रहेको पनि बताए । –एजेन्सी