
काठमाडौँ, २५ पुस । केन्द्रीय अनुसन्धान ब्यूरो सीआबीले नेपालमा बसेर ठगी गर्ने पाँच जनाको गीरोहलाई पक्राउ गरेको छ ।
विदेशबाट आएको पार्सल भन्दै ठगी गर्ने नेपाली, नाइजेरियन र आभोरी कोस्टका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । \
फेसबुक, ह्वाट्सएप, भाइबर, इमो र ट्विटरमार्फत बहुमूल्य सामान, गहना, पैसा जस्ता पार्सल पठाएको भन्दै ठगी गरेको अभियोगमा उनीहरु पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा मुख्य अभियुक्त नाइजेरियाका ४० वर्षीय साइरिल चिनन्सो आइबे, आइभोरी कोस्टका २३ वर्षीय आसापे अज्दी, चितवन घर भएर खुसिबु बस्दै आएका ४० वर्षीय रामचन्द्र गैरे, ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवन कालीनगर घर भएर बनस्थली बस्दै आएका ३१ वर्षीय हरि ओझा पक्राउ परेका छन् ।
उनीहरुले सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरुलाई साथी बनाइ पार्सलमा आएको सामान लिनको लागी बैंक खातामा पैसा जम्मा गर्न लगाउने गरेको प्रहरी जनाएको छ ।
सीआइबीले पक्राउ परेका सबैलाई ठगी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया