शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सांसद एवं उद्योगी कनौडियाले उखु किसानको १२ करोड तिरे

दैनिक नेपाल २०७६ पुष २५ गते १५:५१

काठमाडौं, २५ पुस ।  नेपाली कांग्रेसका सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले उखु किसानको तिर्न बाँकी रहेको १८ करोड रकममा १२ लाख चुक्ता गरेका छन् ।

कनौडियाले किसानको १२ करोड रुपैँया खातामा जम्मा गरेको जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका छन् । कनौडियाले अब किसानको ६ करोड रुपैँया तिर्न बाँकी रहेको छ ।

प्रवक्ता शर्माका अनुसार कनौडियाले किसानको खातामा रकम जम्म गरेर कांग्रेस केन्द्रीय कार्यालयलाई जानकारी दिएका हुन् ।

कनौडियाले बाँकी ६ करोड पनि यथाशीघ्र चुक्ता गर्ने बताएका छन् ।

कनौडियाले गत साता उखु किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित