९ मंसिर २०८३, बुधबार

प्रदेश ३ को नाम र राजधानीको विषयमा नेकपाभित्र सहमति जुट्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस ।  लामो समयदेखि विवादित बनेको प्रदेश ३ को नाम र राजधानीका विषयका अन्तत सहमति जुटेको छ ।

शुक्रबार मुख्यमन्त्री डोरमणी पौडेलको निवासमा बसेको संसदीय दलको पाँचौ बैठकले सहमति जुटाएको हो । सहमतिअनुसार नेकपाले प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता गराउनेछ ।

नेकपा सचिवालयको निर्देशनअनुसार प्रदेशसभामा स्थायी राजधानी हेटौंडा र नाम वाग्मती दर्ता गराउने भएको हो । अब उक्त एउटा प्रस्तावमा मतदान हुनेछ ।

नामकरणभन्दा पनि स्थानको विषयलाई लिएर नेकपाभित्र विवाद सिर्जना भएको थियो ।

नेकपाले अझै नाम र राजधानीको विषयमा सहमति जुट्न नसकेको भए पार्टीभित्र ह्विप लगाउने तयारी गरेको थियो ।