शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चीनबाट फर्किए गृहमन्त्री थापा

दैनिक नेपाल २०७६ पुष २५ गते १२:०३

काठमाडौं, २५ पुस । ६ दिने चीन भ्रमण पूरा गरी गृहमन्त्री रामबहादुर थापा बादल शुक्रबार काठमाडौं फर्किएका छन् ।

चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा ६ दिने चीन भ्रमणका क्रममा उनी २० पुसमा बेइजिङ पुगेका थिए ।

भ्रमणका क्रममा थापालको चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग भेटघाट भएको थियो ।

मन्त्री थापाको टोलीले चीनको साङ्घाई र ल्हासाको भ्रमण गरेको थियो । टोलीमा मन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत थिए ।

प्रतिक्रिया
सम्बन्धित