शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौंमा सटर फुटाएर चोरी गर्ने ५ पक्राउ

दैनिक नेपाल २०७६ पुष २५ गते ९:१३

काठमाडौँ, २५ पुस ।  पसलको सटर फुटाएर चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा ५ जनाको समूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा स्थायी ठेगाना भई कपन बस्ने १६ वर्षीय आशिष आचार्य, गोरखा घर भई कपन बस्ने १७ वर्षीय आयुष थापा मगर, दोलखा स्थायी ठेगाना भएका १७ वर्षीय लालक्पा छिरिङ शेर्पा, रामेछापका १८ वर्षीय अजय मगर र धनकुटाका १६ वर्षीय सन्तोष धमला रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नगद ५ हजार रुपैयाँ, विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरेको छ ।

त्यस्तै, आधा किलो गाँजा र निट्राभेट ८० ट्ब्यालेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित