बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सूचना विधेयक पास भए नेकपा नेता नै थुनिन्छन्’

दैनिक नेपाल २०७६ पुष २५ गते ८:५८

काठमाडौँ, २५ पुस ।  सूचना प्रविधि विधेयक पास भए नेकपाका नेताहरू नै थुनिने कांग्रेस युवा नेताहरूले चेतावनी दिएका छन् । बिहीबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा बोल्दै उनीहरूले नागरिकको घाँटी निमोठ्ने गरी विधेयक ल्याएको आरोप लगाएका छन् ।

नेविसंघले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आलोचना सहन नसक्ने भएरै विधेयक ल्याइएको बताए । ‘आलोचना गर्दा हामी सच्चिन तयार छौँ, तर नेकपा र अखिलका साथीहरूले बुझे हुन्छ यो विधेयक पास हुने हो भने हामी मात्रै होइन भीम रावल, रामकुमारी झाँक्रीहरू पनि थुनिन्छन्,’ थापाले भने ।

त्यस्तै, कांग्रेस नेता नवीन्द्रराज जोशीले नेकपा नेतृत्वको सरकारले संविधानविरोधी विधेयकहरू ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाए । केन्द्रीय सदस्य प्रदीप पौडलले नागरिकको अधिकार रक्षाका लागि संसद्मा सडकको साथ आवश्यक रहेको बताए । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
सम्बन्धित