शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पक्राउ परेका ठग रामबाबुलाई छुटाउन राजनीतिक दबाब शुरु

दैनिक नेपाल २०७६ पुष २५ गते ८:५२

काठमाडौँ, २५ पुस ।  स्थानियलाई करौडौ ठगेको आरोपमा पक्राउ परेका रामबाबु राय यादवलाई छुटाउन राजनीतिक चलखेल शुरु भएको छ । स्थानियलाई लाखौ रमक दिने र करौडौँ अशुल्ने धन्दा गर्दै आएका रामबाबु राय यादवलाई छुटाउन राजनीतिक दबाब आउन थालेको हो ।

राष्ट्रिय जनता पार्टी राजपाका केन्द्रीय सदस्यसमेत रहेका रायलाई छुटाउन दबाब आउन थालेको बताइएको छ । अहिले यादवलाई छुटाउनका लागि लागि दैनिक रुपमा राजपाका नेता कार्यकर्ताको ठूलो समूह दैनिक रुपमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई भेट्न आउने गरेका छन् ।

सिडिओ र एसपीलाई दबाब दिन राजपा जिल्ला संयोजकगै कविलासी नगरपालिकाका मेयर कौशल यादव, कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद यादवलगायत गएका थिए । सिडिओलाई ज्ञापनपत्र बुझाउनुअघि उनीहरूले नारा–जुलुससहित मलंगवा बजारमा प्रदर्शनसमेत गरेका थिए ।

सर्लाही बरहथवा–१० सीतापुरका रामबाबुलाई छुटाउन राजनीतिक दबाब बढ्दै छ, तर उनीविरुद्ध उजुरी दिन पुगेका पीडितलाई भने प्रहरीले प्रक्रिया नपुगेको भन्दै घर फर्काइदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित