बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सुस्त मनस्थितिकी महिलामाथि सामूहिक बलात्कार

दैनिक नेपाल २०७६ पुष २५ गते ८:३६

काठमाडौँ, २५ पुस । सुस्त मनस्थिति भएकी एक ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । रुपन्देहीको शुद्वोधन गाउँपालिका १ चंखीपुरमा महिलामाथि बलात्कार भएको हो ।

पिडित परिवारले शुद्वोधन गाउँपालिकाकै रामनाथ मल्लाह र कुलबहादुर पौडेलले बलात्कार गरेको आरोप लगाएको छ । परिवारले दुवैविरुद्ध इलाका प्रहरी कार्यालय बुटललमा किटानी जाहेरी दिएको छ ।

२० गते साँझ रक्सिले मातिएका उनिहरुले महिलालाई जवरजस्ती करणी गरेका हुन् । प्रहरीले भने उजुरी गर्दा पनि अपराधी पक्राउ गर्न आननकानी गरिरहेको आरोप पिडित पक्षको रहेको छ ।

महिलाको इसाराका आधारमा बलात्कारमा संलग्नको पहिचान गरेका थिए । त्यसैका आधारमा पुस २२ गते छोराले उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

घटना प्रहरीमा पुगेको थाहा पाएपछि आरोपित पौडेल र मल्लाह फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित