शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

टाटा मोटर्सद्धारा जनवरी फेस्टको आयोजना

दैनिक नेपाल २०७६ पुष २४ गते १९:४८

काठमाडौँ, २४ पुस । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यही जनवरी १० देखि जनवरी १२ सम्म थापाथली स्थित टाटा मोटर्सका सोरुममा आयोजना गर्न लागेको हो ।

ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनअ।रजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुज टुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन ।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा गइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कंम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित