शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

यस्ता छन् सरकारका १४ निर्णयहरु

दैनिक नेपाल २०७६ पुष २४ गते १७:१३

काठमाडौँ, २४ पुस । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।

बैठकले पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै महाकाली सिंचाइ आयोजनाको नहल निर्माणका लागि वन प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधर (काठमाडौं) र दुर्गालक्ष्मी श्रेष्ठ (गोरखा)लाई मनोनयन गर्ने निर्णयलगायतका १४ निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित