शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई

दैनिक नेपाल २०७६ पुष २३ गते १८:३८

काठमाडौँ, २३ पुस । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको छ । टाटा नेक्सन ग्लोबल एनक्याप बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो ।

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्याइएको छ । २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ ।

हालैमात्र नेपाल एसबिआई बैङ्कलाइ टाटा नेक्सनका विभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैङ्क तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको छ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरूमा उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित