शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा

दैनिक नेपाल २०७६ पुष २३ गते १६:३६


काठमाडौँ, २३ पुस । सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ । उक्त काउन्टरको समुद्घाटन् बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरेका हुन् ।

समुद्घाटन् समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवादका साथै शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा स्थानिय वासी समक्ष खुशी व्यक्त गरे र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरे ।

समुद्घाटन् समारोहमा मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानिय वासी तथा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा ए.टि.एम रहेको निक्षेप व्यवस्थापनका प्रमुख विमल बास्तोलाले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित