बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अत्याधिक चिसो बढेपछि प्रशासनद्धारा दाउरा वितरण

दैनिक नेपाल २०७६ पुष २३ गते १६:२७

डडेल्धुरा, २३ पुस । पटक पटक परेको हिमपात र वर्षाले गर्दा डडेल्धुरा जिल्ला सदरमुकाममा जनजीवन निकै कष्टकर बनेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले दाउरा वितरण गरेको छ ।

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पटक पटक परेको हिउँ पग्लन नपाई मंगलबारदेखि मौसममा आएको परिवर्तन र वर्षाका कारणले डडेल्धुरा जिल्लामा अत्याधिक चिसो बढेको छ ।

जिल्लामा चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्ला सदरमुकाममा विभिन्न चोक तथा सार्वजनिक स्थलहरुमा दाउरा वितरण गरी आगो बालेर जनजीवन सहज बनाएको छ ।

जिल्ला सुरक्षा समितिको पहलमा डिभिजन वन कार्यालयको सहयोगमा जिल्ला सदरमुकाममा मुख्य चोकहरु बसपार्क, कुमारी बैक अगाडी, वाणिज्य बैक अगाडी, तुफानडाँडा चोक, पोखराबजार र महेश्वरी होटेल नजिक लगायतका क्षेत्रमा दाउरा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

चिसोका कारण यहाँको जनजीवन निकै कष्टकर बनेपछि स्थानीयबासी, मजदुर,यात्रुहरुलाई राहत हुन गरि दाउरा वितरण गरि आगो बाल्न लगाएको प्रजिअ पौडेलले बताए । चिसोको समयमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले दाउरा वितरण गरी धेरै राहत भएको व्यवसायीहरुले बताएका छन् ।

चिसोका कारणले काम गर्न नसक्ने अवस्था रहेको र हामी दैनिक मजदुरी गर्ने व्यक्तिसँग न्यानो लुगा पनि नहुँदा चिसोले कष्टकर भईरहेको बेला प्रशासनले वितरण गरेको दाउराले राहत पुरयाएको लोड अनलोड काम गर्ने मजदुर गगन सिह बोहराले बताए । हिमपातसँगै बढेको चिसोले बालबालिका, वृद्ध र विरामीहरु बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित