बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

आयरल्याण्डमा मानाइयाे मेलमिलाप दिवस

दैनिक नेपाल २०७६ पुष २३ गते ७:०३

आयरल्याण्ड । आयरल्याण्डमा रहेका नेपाली कांग्रेसका शुभेच्छुक र संस्थाहरूमा आबद्ध नेपालीहरूले राष्ट्रिय मेलमिलाप दिवस मनाएका छन् ।

आयरल्याण्डमा लामो समयदेखि रहेका नेपाली कांग्रेस निकट नेपालीहरूले मेलमिलाप दिवसकै अवसर पारेर नयाँ वर्षको शुभकामना आदान प्रदान तथा चियापान समारोह गरी मेलमिलाप दिवस मनाएका हुन् ।

डब्लिनस्थित टीचर्स क्लबमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै मेलमिलाप दिवसको महत्वबारे विभिन्न वक्ताहरूले आफ्नो धारणा राखेका थिए ।

नेपाली जनसम्पर्क समिति आयरल्याण्डको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम समितिका कार्यवाहक सभापति लक्ष्मी सापकोटाको सभापतित्वमा एवं गैर आवासीय नेपाली संघका यूरोप उप–संयोजक शुक्रराज न्यौपाने प्रमुख आतिथित्यमा सप्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले मेलमिलाप दिवसको सान्दर्भिकता नेपाली कांग्रेसका लागि मात्र नभई सम्पूर्ण देशवासी, नेपालको राष्ट्रियता र सार्वभौमिकतासँग गाँसिएको बताए ।

उनले भने, ‘बिपीलाई नेपाल र नेपालीले मात्र नभै विश्वले नै मानेको छ र एक आदर्श पूरुषका रुपमा सम्मान गरेकोछ ।’

साथै कार्यक्रमलाई विशिष्ट अतिथि विनोद कार्की, एनआरएन आयरल्यान्डका पूर्व अध्यक्ष्यहरू क्रमशः नवराज कोइराला, गणेश प्रसाइँ र राजन काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली एकता समाज आयरल्याण्डका अध्यक्ष कृष्ण जिसी, एनआरएनए आयरल्याण्डका वर्तमान कोषाध्यक्ष सुमन गुरुङ, निवर्तमान कोषाध्यक्ष जंग अधिकारि र कोर्क समाजका सचिव बीरेन्द्र अधिकारिले पनि कार्यक्रमलाई सम्बोधन गर्दै वीपीवाद कुनै व्यक्ति, संस्था वा संगठन विशेष नभै समग्र मानव सभ्यताको अंश रहेको औल्याउँदै नयाँ वर्ष २०२० को शुभकामना दिएका थिए ।

कार्यक्रमलाई सामाजिक अभियन्ताहरू पुण्य न्यौपाने, राम गुरुङ, चिन्तामणि सापकोटा, दयाराम सापकोटा, हरि गौतम लगायतले संवोधन गर्दै राष्ट्रिय मेलमिलाप दिवसको तात्कालीक सन्दर्भसँग जोडेर आजको आवश्यकता र भूमिकाबारे आफ्ना भनाइ राखेका थिए ।

नेपाली जनसम्पर्क समिति आयरल्याण्डका महामन्त्री प्रकाश सापकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समितिका सहमाहमन्त्री अंकित ओलीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित