शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दोस्रो टी–२० खेलमा भारत सात विकेटले विजयी

दैनिक नेपाल २०७६ पुष २३ गते ६:५४

नयाँदिल्ली, २३ पुस । श्रीलङ्काविरुद्धको दोस्रो टी–२० खेलमा भारत सात विकेटले विजयी भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ४२ रन बनायो । श्रीलङ्काका लागि कुशल परेराले सर्वाधिक ३४ रन बनाउँदा अभिश्का फर्नान्डोले २२ रन बनाए ।

यस्तै धनुष्का गुनाथिल्का २० रन बनाउँदा धनन्जय डी सिल्भाले १७ रनको योगदान गरे । वानिदु हसरङ्गा १६ रनमा अविजित रहे ।

भारतका लागि शार्दुल ठाकुरले एकै ओभरमा तीन विकेट लिँदै श्रीलङ्कालाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । यस्तै कुलदीप यादव र नवदीप सैनीले समान दुई–दुई विकेट लिए ।

जवाफमा भारतले १७ ओभर ३ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो । भारतका केएल राहुलले ४५ रन बनाए ।

त्यसपछि शिखर धवन ३२ रनमा आउट हुँदा भारतले ८६ रनमा दोस्रो विकेट गुमायाे । र अन्त्यमा श्रेयर अय्यर र कप्तान विराट कोहलीले भारतलाई जित दिलाए । अय्यरले ३४ रन बनाए भने कोहलीले ३० रनको योगदान गरे ।

बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले दुई विकेट लिए ।

जितसँगै भारतले तीन खेलको सिरीजमा एक–शून्यको अग्रता बनाएको छ । यी दुई टिमबीचकाे पहिलाे खेल भने वर्षाले रद्द भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित