शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच सम्झौता

दैनिक नेपाल २०७६ पुष २२ गते २१:३३


काठमाडौँ, २२ पुस । मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच एनआईबिएल सहभागिता फण्ड खरिद तथा बिक्री गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत श्री तिल बहादुर गुरुङ्ग तथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात देशभरी रहेको ग्राहकहरुलाई समेट्ने गरी सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा बिक्री सम्बन्धी कार्य गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित