३० आश्विन २०८३, शुक्रबार

फ्रान्समा नेपाली जनसम्पर्क समितिद्धारा राष्ट्रिय मेलमिलाप दिवस तथा चियापान कार्यक्रम सम्पन्न

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस, २२ पुस । नेपाली जनसम्पर्क समितिले ४४ वौं राष्ट्रिय मेलमिलाप दिवस तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । ५ जनवरी आइतारको दिन फ्रान्सको औबर्भिलीय सहरस्थित कामरान रेस्टुराँमा सम्पन्न उक्त कार्यक्रममा फ्रान्समा जारि यातायात हड्तालका बावजुद पनि उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।

२०३३ साल पौष १६ गते नेपाली कांग्रेसका नेता विश्वेस्वर प्रसाद कोइराला ८ वर्ष भारतको निर्वासनबाट राष्ट्रिय मेलमिलाप नीति सहित नेपाल फर्किएको उक्त दिनको सम्झनामा मनाइँदै आएको मेलमिलाप दिवसमाको कार्यक्रममा अंग्रेजी नयाँ वर्षको शुभकामना पनि आदान प्रदान गरिएको थियो । चियापान कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष सुधिर रानाले गरेका थिए ।

नेपाली राजदुतावास फ्रान्सका राजदुत दिपक अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फ्रान्स स्थित क्रियाशील सबै सामाजिक संघ संस्थाका अध्यक्ष, प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । जननेता बि.पी.को फोटो अगाडी दियो बालेर उद्घाटन गरिएको कार्यक्रममा जनसम्पर्क समितिका उपाध्यक्ष इन्द्र बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि राजदुत अधिकारीले बि. पी. राजनेता मात्र नभई कुशल साहित्यकार पनि भएको र उनको साहित्य नेपाली समाज परिवर्तनमा भूमिका खेलेको कुरा प्रकाश पारेका थिए ।

कार्यक्रममा वक्ताहरुले बि पीले लिएको नीति आजको दिनमा पनि उपयोगी रहेको र राष्ट्र संकटमा परेको बेला आन्तरिक शक्तिहरुको एकताको विकल्प नरहेको कुरा राखेका थिए ।

मन्तव्य राख्ने क्रममा जनसम्पर्क समिति फ्रान्सका संरक्षक किरण चन्द्र प्रधान, संस्थापक अध्यक्ष निर्मल अर्याल, समितिका सल्लाहकार सुवर्ण हमाल, एन. आर. एन. ए. फ्रान्सका अध्यक्ष नरेन्द्र शाही, एन. आर. एन. ए. फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल, प्रवासी नेपाली एकता मंचका अध्यक्ष भक्त वाग्ले, तमु समाजका उपाध्यक्ष लव्सन गुरुङ, गोर्खा समाजका उपाध्यक्ष रामेश्वर श्रेष्ठ, मगर समाज फ्रान्स, अध्यक्ष रमेश थापा, नेपाली रक्तदाता संघ फान्सका अध्यक्ष अनीश त्रिपाठी, पाकोफाेन फान्सकी अध्यक्ष सुमित्रा प्रधान लगायतका वक्ताहरुले बि पी को नेपाली राजनीतिमा रहेको योगदानको चर्चा गरेका थिए ।

जनसम्पर्क समिति फ्रान्सका महामन्त्री कमल विक्रम के. सी. द्वारा संचालित कार्यक्रममा जनसम्पर्क समितिले २०१९ मा नेपालमा शिक्षाको क्षेत्रमा गरेको सहयोगको जनाकारी सहित २०२० मा चेपांग बस्तीको विद्यालयमा केहि थान कम्प्युटर र प्रिन्टर सहयोग गर्ने योजना घोषणा गरिएको थियो ।

साथै समितिको पूर्णताको लागि सुजन राज भट्ट र बिराज मल्ललाइ कार्यसमिति सदस्य मनोनयन पत्रसँगै स्वागत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा स्वादिष्ट समोसा, चियाको लागि र हल उपलब्ध गरिदिएकोमा कामरान रेस्टुराँलाइ धन्यवाद दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई सभापतिले धन्यवाद दिएसँगै कार्यक्रम समापन गरिएको थियो ।