बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच सम्झौता

दैनिक नेपाल २०७६ पुष २२ गते १६:३४


काठमाडौँ, २२ पुस । सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटल बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत, बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको नेपाल मेडिसिटि हस्पिटल, ललितपुरको भैंसेपाटीमा अवस्थित छ ।

प्रतिक्रिया
सम्बन्धित