१० मंसिर २०८३, बिहिबार

वीरगञ्ज नाकाबाट ४ भुटानी र १ जना तिब्बती नागरिक पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २२ पुस । अवैध रुपमा वीरगञ्ज नाका भएर नेपाल छिर्न लागेका ४ भुटानी नागरिक तथा एक तिब्बती नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बा ५ ख २३८८ नम्बरको नेपाल भारत मैत्री सेवाको बसमा सवार भई अवैध रुपमा नेपाल छिर्न लागेको बेला उनीहरूलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भुटानी नागरिक १९ वर्षीय छन्दु लहामो, ५६ वर्षीय डोल्मा तमाङ, ४३ वर्षीय छोदेन तामाङ, ७० वर्षीय ज्ञान बहादुर तामाङ र एक जना तिब्बती नागरिक ४० वर्षीय कुन्छोक तसोमो रहेका छन् ।

नेपाल भारत मैत्री सेवाको बसमा सवार ४० जना यात्रु मध्ये उनीहरु ५ जना बिना राहदानी नेपाल छिर्न लागेको बेला वीरगञ्ज १६ शंकराचार्य गेटमा चेकजाँच गर्नेक्रममा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

अवैध रुपमा नेपाल छिर्न लागेको बेला पक्राउ परेका पाँचै जना विदेशी नागरिकलाई आवश्यक कारबाहीको लागि अध्यागमन कार्यालय वीरगञ्जमा बुझाइएको खत्रीले बताए ।