१० मंसिर २०८३, बिहिबार

राँगोसंग ठोक्किएर स्करपियो दुर्घटना, एकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २२ पुस । नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।

मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको भारतीय नम्वरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको हो ।

आज बिहान पौने पाँच बजेतिर भएको दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ४० वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।