शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राजपा संसदीय दलको ‘अबैधानिक’ नेता ‘फाल्ने’ तयारी, तनाबमा सोनल

दैनिक नेपाल २०७६ पुष २२ गते ९:०८

काठमाडौं, २२ पुस । प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को संसदीय दलको नेता अवैधानिक रहेको भन्दै विधिअनुसार तोक्न जोडदार रुपमा माग उठेको छ ।

दुई वर्ष अगाडि राजपा प्रदेश २ को संसदीय दलको नेतामा तत्कालीन संयोजक महन्थ ठाकुरले आफू निकटका जितेन्द्र सोनललाई पत्र दिएर दलको नेता बनाएका थिए । ठाकुरले कामचलाउ रुपमा त्यस बेला सोनललाई दलको नेता बनाएपनि सोनलले दलको नेता छाड्न मानेका छैनन् ।

त्यति बेला पार्टीको विधान नभएका कारण दलको नेता बनाउन समस्या भएपनि अहिले विधान बनिसकेपछि कानून सम्मत रुपमा प्रदेश २ मा राजपाको दलको नेता चयन गर्नुपर्ने माग प्रदेश सांसदहरूले गरेका छन् । विधानअनुसार साेनल अवैधानिक रहेकाे राजपाकै प्रदेश सांसदकाे दाबी छ ।

राजपाका प्रदेश सांसद मनीष सुमनले संसदीय दलको नेता विधानअनुसार गरिनुपर्ने बताए । ‘त्यस बेला विधान थिएन’, उनले भने, ‘विधान आइसकेपछि राजपालाई विधानअनुसार अगाडि बढाउनुपर्छ ।’

ठाकुरको तजबिजमा दलको नेता बनेका सोनल प्रदेश २ मा कमजोर मानिन्छन् । उनी प्रदेश मन्त्री पनि हुन् ।

संसदीय दलको निर्वाचनको माग गरेर प्रदेश २ मा दलको नेता परिवर्तनको कुरा उठेपछि सोनललाई तनाब भएको छ । सोनल अवैधानिक रुपमा दलको नेतामा बसिरहन चाहेको आरोप राजपाका नेताहरूले लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित