बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

माघ १ र २ गते सार्वजनिक बिदा

दैनिक नेपाल २०७६ पुष २२ गते ७:४५

बुटवल, २२ पुस । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ ।

माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो । गत वर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले २९ पुसमा मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको जानकारी गराए ।

मन्त्रिपरिषद्को बैठकले १० फागुनदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताए ।

बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । १ निर्देशकसहित १० जनाको दरबन्दी बैठकले स्वीकृत गरेको हो ।

बैठकले रुपन्देहीका इन्द्रप्रसाद पछार्ईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ । त्यसैगरी, बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणा पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित